FAQs Complain Problems

संक्षिप्त परिचय

 

 

परापूर्वकाल देखी तनहुँ जिल्लामा अवस्थित यस भूमिमा ऋषि, महर्षि तपस्वीहरुले तपस्याको लागि प्रयोग गरेको देखिन्छ । पौराणिक कथनका आधारमा यस गाउँपालिका भित्र ऋषि, महर्षि तपस्वीहरुको आँपको बृहत बगैचा भएकोले आँबु र आसपासमा खयरको समेत जंगल रहेकाले खैरहनीे  भन्ने चलनबाट अपभ्रश भई आँबुखैरेनी नाम रहन गएको भनाई छ । त्यसैगरी संस्कृत भाषामा आ.ब.को अर्थ पानी÷खोला रहेको र छिम्केश्वरी मन्दिर लाई तीन तिरबाट खोलाले घेरेकाले आबु रहन
 गएको खैरनी चौतारा आसपास खयरको जंगल रहेकाले यस ठाउँको नाम आँबुखैरनी रहन गएको भनाई छ । 
यस गाउँपालिका  तनहुँ जिल्लाको ऐतिहासिक, धार्मिक  रुपले  पवित्र भूमीको रुपमा रहेको छ । भौगोलीक  रुपमा लेक, वेशी, पहाड भू बनोटको विविधता पाईन्छ । यस गाउँपालिकामा खेतीपाती योग्य भुमी, प्रशस्त मात्रामा वनजंगल ढाकेको छ । यस गाउँपालिकामा मुख्यत मगर, गुरुङ, ब्राह्मण, क्षेत्री लगायत अन्य विभिन्न जातजातिको बसोवास रहेको छ । जनजातिको बसोबासको बाहुल्यता रहेको यस गाउँपालिका भित्र विभिन्न जात, जाति, भाषा, धर्म, रितिरिवाज, परम्पराको विविधतामा एकता  रहेको पाइन्छ । विविध जातजाती, रहन सहन, धार्मिक, साँस्कृितक विविधता रहेको एवं कौरा नाच, झ्याउरे नाच जस्ता विभिन्न संस्कृतीले भरिपुर्ण रहेको छ । प्राकृतिक मनोरमका कारण समेत यस गाउँपालिका पर्यटकिय दृष्टिकोणले पनि अत्यन्तै महत्वपूर्ण रहेको छ ।

साविकका एक नगरपालिका र दुई गाविसहरु (आँबुखैरनी नगरपालिका, छिम्केश्वरी र देउराली गाविस) समायोजन भई नेपाल सरकारको मिति २०७३।११।२७ गतेको निर्णयानुसार आँबुखैरेनी गाउँपालिकाको रुपमा गठन भई कार्यान्वयनमा आएको छ । 

गाउँपालिकाको केन्द्र आँबुखैरनी बजार मिलनचोकमा रहेको छ । पृथ्वी राजमार्गले आँबुखैरनी  गाउँपालिकालाई विचवाट छिचलेको, र गोरखा राजमार्गले पूर्वपट्टीवाट काटेको छ । प्रदेश तथा केन्द्र राजधानी संग  नजिक रहेको यस गाउँपालिका विकास र  सम्बृद्धिको लागी प्रचुर संभावना रहेको  एवं  गाउँपालिका विकास र गाउँवासिको स्वर्णिम भविश्यको लागि विश्वस्त रहने प्रशस्त आधारहरु रहेको पाइन्छ ।

नेपालको गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित रहेको यस गाउँपालिकाको पुर्वमा चितवन र गोरखा जिल्ला पश्चिममा वन्दिपुर र देवघाट गाउँपालिका उत्तरमा बन्दिपुर गाउँपालिका र गोरखा जिल्ला र दक्षिणमा देवघाट गाउँपालिका र चितवन जिल्लाको विचमा पर्दछ ।