समाचार
आँबुखैरेनी गाउँपालिका संक्षित परिचय
आँबुखैरेनी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
गाउँपालिकाको स्थापनाः २०७३ साल फाल्गुन २७ गते
क्षेत्रफलः १२८ वर्ग कि.मी
प्रदेशः गण्डकी
जिल्लाः तनहुँ
जिल्ला सदरमुकामः दमौली
निर्वाचन क्षेत्रः संघ -तनहुँ १, प्रदेश-१,क
जम्मा वडा संख्याः ६
कुल जनसंख्या २०,७६८ ( CBS 2068)
हालको वडा कार्यालय
साविकको वडा
आँबुखैरेनी गा.पा वडा नं १
आँबुखैरेनी न.पा. वडा नं १ र २
आँबुखैरेनी गा.पा वडा नं २
आँबुखैरेनी न.पा. वडा नं ३,४ र ५
आँबुखैरेनी गा.पा वडा नं ३
आँबुखैरेनी न.पा वडा नं ६
आँबुखैरेनी गा.पा वडा नं ४
आँबुखैरेनी न.पा. वडा नं ७, ८ र ९
आँबुखैरेनी गा.पा वडा नं ५
छिम्केश्वरी गा.वि.स १ देखी ९ सबै
आँबुखैरेनी गा.पा वडा नं ६
देउराली गा.वि.स १ देखी ९ सम्म
परापूर्वकालदेखि तनहुँ जिल्लामा अवस्थित यस भूमिमा ऋषि, महर्षि तपस्वीहरुले तपस्याको लागि प्रयोग गरेको देखिन्छ । पौराणिक कथनका आधारमा यस गाउँपालिकाभित्र ऋषि, महर्षि तपस्वीहरुको आँपको बृहत् बगैंचा भएकोले आँबु र आसपासमा खयरको समेत जङ्गल रहेकाले खैरेनीे भन्ने चलनबाट अपभ्रंम्सभई आँबुखैरेनी नाम रहन गएको भनाइ छ । त्यसैगरी संस्कृत भाषामा आ.व.को अर्थ पानी÷खोला रहेकोर छिम्केश्वरी मन्दिरलाई तीन तिरबाट खोलाले घेरेकाले आबु रहन गएको खैरेनी चौतारा आसपास खयरको जङ्गल रहेकाले यस ठाउँको नाम आँबुखैरनी रहन गएको भनाइ छ ।यस गाउँपालिका तनहुँ जिल्लाको ऐतिहासिक, धार्मिक रुपले पवित्रभूमिको रुपमा रहेको छ । भौगोलिकरुपमा लेक, वेशी, पहाड भू बनोटको विविधता पाईन्छ । यस गाउँपालिकामा खेतिपाती योग्य भूमी र प्रशस्तक्षेत्र वनजङ्गलले ढाकेको छ । यस गाउँपालिकामा मुख्यः मगर, गुरुङ, ब्राह्मण, क्षेत्री, नेवारलगायत अन्य विभिन्न जातजातिको बसोवास रहेको छ । जनजातिको बसोबासको बाहुल्यता रहेको यस गाउँपालिका भित्र विभिन्न जात, जाति, भाषा, धर्म, रीतिरिवाज, परम्पराको विविधतामा एकता रहेको पाइन्छ । विविध जातजाति, रहनसहन, धार्मिक, सांस्कृतिक विविधता रहेको एवम् कौरा नाच, झ्याउरे नाच जस्ता विभिन्नसंस्कृतिले भरिपूर्ण रहेको छ । प्राकृतिक मनोरमका कारणसमेत यस गाउँपालिका पर्यटकिय दृष्टिकोणले पनि अत्यन्तै महत्वपूर्ण रहेको छ ।साविकको सत्रसय आबु गाउँ पञ्चायत, आँबुखैरेनी गा.वि.स. हुँदै नेपाल सरकारको मिति २०७२ साल आश्विन १ गतेको निर्णयबमोजिम आँबुखैरेनी नगरपालिका घोषणा भएकोमा राज्य पुर्नसंरचनाअन्तर्गत आँबुखैरनी नगरपालिका, छिम्केश्वरी र देउराली गा.वि.स. समायोजन भई नेपाल सरकारको मिति २०७३÷११÷२७ गतेको निर्णयानुसार आँबुखैरेनी गाउँपालिकाको रुपमा गठन भई कार्यान्वयनमा आएको छ । गाउँपालिकाको केन्द्र आँबुखैरेनी बजार मिलनचोकमा रहेको छ । पृथ्वी राजमार्गले आँबुखैरनी गाउँपालिकालाई उत्तर तर्फबाट छिचोलेको, र गोरखा राजमार्गले पूर्वपट्टीबाट काटेको छ । प्रदेश तथा केन्द्र राजधानीसँग नजिक रहेको यस गाउँपालिका विकास र सम्वृद्धिको लागि प्रचुर सम्भावना रहेको एवम् गाउँपालिका विकास र गाउँवासीको स्वर्णिम भविष्यको लागि विश्वस्त रहने प्रशस्त आधारहरु रहेको पाइन्छ । नेपालको गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित रहेको यस गाउँपालिकाको पूर्वमा चितवन र गोरखा जिल्ला पश्चिममा वन्दिपुर र देवघाट गाउँपालिका उत्तरमा बन्दिपुर गाउँपालिका र गोरखा जिल्ला र दक्षिणमा देवघाट गाउँपालिका र चितवन जिल्लाको बीचमा पर्दछ । गाउँपालिकाको स्थापना २०७३ साल फाल्गुन २७ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार भएको हो ।