आँबुखैरेनी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
गाउँपालिकाको स्थापनाः २०७३ साल फाल्गुन २७ गते
क्षेत्रफलः १२८ कि.मी
प्रदेशः गण्डकी
जिल्लाः तनहुँ
जिल्ला सदरमुकामः दमौली
निर्वाचन क्षेत्रः संघ -तनहुँ १, प्रदेश-१,क
जम्मा वडा संख्याः ६
कुल जनसंख्या २०,७६८ ( CBS 2068)
हालको वडा कार्यालय |
साविकको वडा |
आँबुखैरेनी गा.पा वडा नं १ |
आँबुखैरेनी न.पा. वडा नं १ र २ |
आँबुखैरेनी गा.पा वडा नं २ |
आँबुखैरेनी न.पा. वडा नं ३,४ र ५ |
आँबुखैरेनी गा.पा वडा नं ३ |
आँबुखैरेनी न.पा वडा नं ६ |
आँबुखैरेनी गा.पा वडा नं ४ |
आँबुखैरेनी न.पा. वडा नं ७, ८ र ९ |
आँबुखैरेनी गा.पा वडा नं ५ |
छिम्केश्वरी गा.वि.स १ देखी ९ सबै |
आँबुखैरेनी गा.पा वडा नं ६ |
देउराली गा.वि.स १ देखी ९ सम्म |
परापूर्वकालदेखि तनहुँ जिल्लामा अवस्थित यस भूमिमा ऋषि, महर्षि तपस्वीहरुले तपस्याको लागि प्रयोग गरेको देखिन्छ । पौराणिक कथनका आधारमा यस गाउँपालिकाभित्र ऋषि, महर्षि तपस्वीहरुको आँपको बृहत् बगैंचा भएकोले आँबु र आसपासमा खयरको समेत जङ्गल रहेकाले खैरेनीे भन्ने चलनबाट अपभ्रंम्सभई आँबुखैरेनी नाम रहन गएको भनाइ छ । त्यसैगरी संस्कृत भाषामा आ.व.को अर्थ पानी÷खोला रहेकोर छिम्केश्वरी मन्दिरलाई तीन तिरबाट खोलाले घेरेकाले आबु रहन गएको खैरेनी चौतारा आसपास खयरको जङ्गल रहेकाले यस ठाउँको नाम आँबुखैरनी रहन गएको भनाइ छ ।यस गाउँपालिका तनहुँ जिल्लाको ऐतिहासिक, धार्मिक रुपले पवित्रभूमिको रुपमा रहेको छ । भौगोलिकरुपमा लेक, वेशी, पहाड भू बनोटको विविधता पाईन्छ । यस गाउँपालिकामा खेतिपाती योग्य भूमी र प्रशस्तक्षेत्र वनजङ्गलले ढाकेको छ । यस गाउँपालिकामा मुख्यः मगर, गुरुङ, ब्राह्मण, क्षेत्री, नेवारलगायत अन्य विभिन्न जातजातिको बसोवास रहेको छ । जनजातिको बसोबासको बाहुल्यता रहेको यस गाउँपालिका भित्र विभिन्न जात, जाति, भाषा, धर्म, रीतिरिवाज, परम्पराको विविधतामा एकता रहेको पाइन्छ । विविध जातजाति, रहनसहन, धार्मिक, सांस्कृतिक विविधता रहेको एवम् कौरा नाच, झ्याउरे नाच जस्ता विभिन्नसंस्कृतिले भरिपूर्ण रहेको छ । प्राकृतिक मनोरमका कारणसमेत यस गाउँपालिका पर्यटकिय दृष्टिकोणले पनि अत्यन्तै महत्वपूर्ण रहेको छ ।साविकको सत्रसय आबु गाउँ पञ्चायत, आँबुखैरेनी गा.वि.स. हुँदै नेपाल सरकारको मिति २०७२ साल आश्विन १ गतेको निर्णयबमोजिम आँबुखैरेनी नगरपालिका घोषणा भएकोमा राज्य पुर्नसंरचनाअन्तर्गत आँबुखैरनी नगरपालिका, छिम्केश्वरी र देउराली गा.वि.स. समायोजन भई नेपाल सरकारको मिति २०७३÷११÷२७ गतेको निर्णयानुसार आँबुखैरेनी गाउँपालिकाको रुपमा गठन भई कार्यान्वयनमा आएको छ । गाउँपालिकाको केन्द्र आँबुखैरेनी बजार मिलनचोकमा रहेको छ । पृथ्वी राजमार्गले आँबुखैरनी गाउँपालिकालाई उत्तर तर्फबाट छिचोलेको, र गोरखा राजमार्गले पूर्वपट्टीबाट काटेको छ । प्रदेश तथा केन्द्र राजधानीसँग नजिक रहेको यस गाउँपालिका विकास र सम्वृद्धिको लागि प्रचुर सम्भावना रहेको एवम् गाउँपालिका विकास र गाउँवासीको स्वर्णिम भविष्यको लागि विश्वस्त रहने प्रशस्त आधारहरु रहेको पाइन्छ । नेपालको गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित रहेको यस गाउँपालिकाको पूर्वमा चितवन र गोरखा जिल्ला पश्चिममा वन्दिपुर र देवघाट गाउँपालिका उत्तरमा बन्दिपुर गाउँपालिका र गोरखा जिल्ला र दक्षिणमा देवघाट गाउँपालिका र चितवन जिल्लाको बीचमा पर्दछ । गाउँपालिकाको स्थापना २०७३ साल फाल्गुन २७ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार भएको हो ।