FAQs Complain Problems

आयश्रोत प्रमाणित गर्न चाहिने आवश्यक कागजातहरु

Body: 
आयश्रोत प्रमाणित गर्न चाहिने आवश्यक कागजातहरु १. घर भाडाको आय भएमा घर भाडाको सम्झौता पत्रको प्रतिलिपि| २. व्यवसाय तथा कृषि व्यवसायबाट आम्दानी प्रमाणित गर्न यस गा.पा. मा अनिवार्य दर्ता हुनु पर्नेछ तथा आम्दानी अदिट रिपोर्ट बोजिम गरिनेछ  | तसर्थ यस गा.पा. मा दर्ता भएको व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि र अदिट रिपोर्टको प्रतिलिपि निवेदनको साथ पेश गर्नुपर्नेछ | ३. तलब, पेन्सनबाट प्राप्त हुने आयको लागि सम्बन्धित निकायको पत्रको सक्कल तथा प्रतिलिपिका साथै यस गा.पा. क्षेत्र भित्र संचालनमा रहेका संघ संस्थाहरुमा काम गरे वापतको तलब प्रमाणित गर्नुपर्ने भएमा उक्त संस्था/व्यवसाय यस गा.पा कार्यालयमा अनिवार्य दर्ता भएको प्रमाण पेश गर्नुपर्नेछ र यस गा.पा क्षेत्र बाहिरको तलब प्रमाणित गर्नुपर्ने भएमा सम्बन्धित न.पा./गा.वि.स./आन्तरिक राजश्व विभागमा दर्ता/नवीकरण र कर चुक्ताको प्रमाण पेश गर्नुपर्नेछ | ४. सवारी साधनको आयश्रोतको लागि यातायात व्यवस्था कार्यालयमा दर्ता भई यसगा.पा.मा कर तिरेको प्रमाण पत्रको प्रतिलिपि साथै अदिट रिपोर्ट प्रतिवेदनको प्रतिलिपि पेश गर्नुपर्नेछ | ५. राष्ट्रिय वचत पत्र/मुद्दती खाताको व्याजको लागि बैंकको प्रमाण पत्रको प्रतिलिपि तथा सक्कल प्रति | ६. विदेशको आयश्रोत प्रमाणित गर्नु पर्ने भएमा सम्बन्धित देश स्थित नेपाली दुतावास वा नेपाल स्थित उक्त देशको दुतावासबाट प्रमाणित भएको सिफारिस पत्र अनिवार्य पेश गर्नुपर्ने |