FAQs Complain Problems

फोटो ग्यालरी

१०८ अन्तरास्ट्रिय नारी दिवस

महिलाहरुको हक ,अधिकार र मानब अधिकारको संरश्रण र प्रबंदनमा  जोड दिदै बिश्वभर प्रत्यक वर्ष मार्च ८  दिनमा अन्तरास्ट्रिय महिला दिवस मनाउने गरिन्छ |यसै गरि सामाजिक    जीवनको हरक्षेत्रमा समानता र सम्मान प्राप्त को लागि ,घर भित्र र बाहिर जहाँ पनि     सुरक्ष प्रत्याभूति को लागि ,आत्मनिर्भिरता र गरिमा हासिल   को लागि ,लैंगिक विभेद र घरेलु हिंसाको अन्त्य  आदि इत्यादी  लागि आज आँबु खैरेनी   गाउँपालिका तनहुँ मा " Time is Now:Rural and Urban Activists Transforming Women's Lives"  भन्ने नारा को साथ सम्पन्न गरियो | यसै गरि कार्यक्रममा जेस्ट नागरिकलाई सम्मान ,सिक्षा क्षेत्रमा उत्क्रिसस्ट बालबालिकाहरुलाई पुरस्कृत तथा बिबिध संस्कृतिक   कार्यक्रको साथ गाउँपालिकाको पदादिकारी,विभिन्न स्कूल का बिद्यार्थीहरु ,सुरक्षा कर्मीहरु  ,कर्मचारी र स्थानिय महिलाहरुको उपस्थिमा महिला संजाल द्वारा सरल ढंगका साथ सम्पन गरियो |

, , , , ,

मित्रता युवा क्लबको चौथो साधारण सभा आज सम्पन्न ।

आँबुखैरेनी, १२ फागुन । मित्रता युवा क्लब आँबुखैरेनी गाउँपालिका वडा नं. १ सत्रसयफाँट तनहुँको चौथो साधारण सभा आज सम्पन्न भएको छ । क्लबका अध्यक्ष कुमार पोखरेलको सभापतित्व तथा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाको प्रमुख आथित्यतामा क्लबको चौंथो साधारण सभा सम्पन्न भएको हो । गाउँपालिकाकी उपाध्यक्ष पुष्पादेवी श्रेष्ठको विशेष आथित्यता रहेको क्लबको साधारण सभामा सई राम बहादुर खत्री, भू.पु. वडा अध्यक्ष बिर बहादुर बि.क., वर्तमान वडा अध्यक्ष किसान थापा, वडा १ का वडा सदस्यहरु सरस्वती अधिकारी, अनु परियार, बिष्णु अधिकारी, प्रेम गुरुङ्ग, क्लबका सल्लाहकार खुल बहादुर गुरुङ्ग, प्रेम तामाङ्ग, मन बहादुर गुरुङ्ग, सत्रसय बजार ईकाई समितीका सभापति जमिल मिया लगाएतकाको उपस्थिती रहेको थियो । कार्यक्रममा सम्मानित राष्ट्रिय लोक तथा दोहरी प्रतिष्ठानका केन्द्रिय सदस्य एवंम राष्ट्रिय लोक दोहरी गायक संन्तोष आलेमगर, लोकदोहरी प्रतिष्ठान गण्डकी अञ्चल सदस्य एवंम राष्ट्रिय कलाकार कहरसिंह थापा, राष्ट्रिय लोक दोहरी गायक कमल सापकोटाको बेजोड सांङ्गेतिक प्रस्तुती रहेको र स्थानीय युवा युवतीहरुले चुड्का नृत्य प्रस्तुत गरेको क्लबले जानकारी दिएको छ । सो कार्यक्रममा क्लबले योजना बनाएको तर अहिले नगरेको सामाजिक कामलाई पूर्णता दिने क्लबका लेखा समिती सदस्य अमृत पण्डितले बताउनुभएको छ । यसैगरी, सत्रसयफाँट क्षेत्रमा धार्मिक स्थल तथा पर्यंटकीय स्थल रहेकोले गुरु योजना बनाएर विकास गर्ने क्लबको लक्ष्य रहेको छ । त्यस्तै, भू.पू. वडा अध्यक्षले क्लकाका लागि भोग चलन गरी पाऊ भनी १७ रोपनी जग्गा दान गरेको क्लब अध्यक्ष कुमार पोखरेलले जानकारी दिनुभएको छ । ईश्वर थापा र अमृत पण्डितले संचालन गर्नुभएको कार्यक्रममा क्लबलाई सहयोग गर्ने १३ जनालाई सम्मान गरिएको छ ।

Pages