FAQs Complain Problems

फोटो ग्यालरी

मिति २०७७।०५।२२ गतेको दिन १७ औं निजामती सेवा दिवस को अवसरमा आँबुखैरेनी गाउँपालिका,गाउँ कार्यपालिकाको कार्यालय द्वारा गाउँपालिका परिसर  सरसफाइ,बृक्षरोपण, तथा पहिलो सेवा ग्राहीलाई स-सम्मान सहित फुलको गुच्छा दिई समन्न गरियो । उक्त कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष श्री गिर बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेल , शाखा प्रमुख तथा गा.पा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

, , , , , , ,
, , ,

अगुवा कृषक पशुपालन व्यवसायी तालिमको समापन

आबुखैरेनी गाउपालिका वडा नं ४ को सहयोगमा परिवर्तनशिल महिला सामुदायिक विकास समाजको संयोजनमा मिती २०७५/०१/२३ देखी २६ सम्म संचालित अगुवा कृषक पशुपालन व्यवसायी तालिमको समापन कान्छीमाया तामाडको सभाध्यक्षता र गाउपालिकाको अध्यक्ष गिर बहादुर थापाज्युको प्रमुख अतिथी साथै विशिष्ट अतिथीमा गाउपालिकाको उपाध्यक्ष पुष्पादेवी श्रेष्ठज्यु र प्रमुख प्रशासकीय अधिकृत दुर्गा थापाज्यु  ,सूचना प्रबिधि अधिकृत निरोज श्रेष्ठ ज्यु ,शु चिकित्सक कपिलवावु कटेल ५/६ न. वडा अध्यक्षको अतिथीमा कार्यक्रमको समापन गरियो 

                            

, , , , , , , , , , , , , , ,

आँबुखैरेनी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय

गाउँपालिकाको स्थापनाः २०७३ साल फाल्गुन २७ गते 

क्षेत्रफलः १२८ वर्ग कि.मी

 प्रदेशः गण्डकी

जिल्लाः तनहुँ

जिल्ला सदरमुकामः दमौली

निर्वाचन क्षेत्रः  संघ -तनहुँ १, प्रदेश-१,क

जम्मा वडा संख्याः ६

कुल जनसंख्या २०,७६८ ( CBS 2068) 

हालको वडा कार्यालय साविकको वडा
आँबुखैरेनी गा.पा वडा नं १ आँबुखैरेनी न.पा. वडा नं १ र २
आँबुखैरेनी गा.पा वडा नं २ आँबुखैरेनी न.पा. वडा नं  ३,४ र ५
आँबुखैरेनी गा.पा वडा नं ३ आँबुखैरेनी न.पा वडा नं ६
आँबुखैरेनी गा.पा वडा नं ४ आँबुखैरेनी न.पा. वडा नं ७, ८ र ९
आँबुखैरेनी गा.पा वडा नं ५ छिम्केश्वरी गा.वि.स १ देखी ९ सबै
आँबुखैरेनी गा.पा वडा नं ६ देउराली गा.वि.स १ देखी ९ सम्म

परापूर्वकालदेखि तनहुँ जिल्लामा अवस्थित यस भूमिमा ऋषि, महर्षि तपस्वीहरुले तपस्याको लागि प्रयोग गरेको देखिन्छ । पौराणिक कथनका आधारमा यस गाउँपालिकाभित्र ऋषि, महर्षि तपस्वीहरुको आँपको बृहत् बगैंचा भएकोले आँबु र आसपासमा खयरको समेत जङ्गल रहेकाले खैरेनीे भन्ने चलनबाट अपभ्रंम्सभई आँबुखैरेनी नाम रहन गएको भनाइ छ । त्यसैगरी संस्कृत भाषामा आ.व.को अर्थ पानी÷खोला रहेकोर छिम्केश्वरी मन्दिरलाई तीन तिरबाट खोलाले घेरेकाले आबु रहन गएको खैरेनी चौतारा आसपास खयरको जङ्गल रहेकाले यस ठाउँको नाम आँबुखैरनी रहन गएको भनाइ छ ।यस गाउँपालिका तनहुँ जिल्लाको ऐतिहासिक, धार्मिक रुपले पवित्रभूमिको रुपमा रहेको छ । भौगोलिकरुपमा लेक, वेशी, पहाड भू बनोटको विविधता पाईन्छ । यस गाउँपालिकामा खेतिपाती योग्य भूमी र प्रशस्तक्षेत्र वनजङ्गलले ढाकेको छ । यस गाउँपालिकामा मुख्यः मगर, गुरुङ, ब्राह्मण, क्षेत्री, नेवारलगायत अन्य विभिन्न जातजातिको बसोवास रहेको छ । जनजातिको बसोबासको बाहुल्यता रहेको यस गाउँपालिका भित्र विभिन्न जात, जाति, भाषा, धर्म, रीतिरिवाज, परम्पराको विविधतामा एकता रहेको पाइन्छ । विविध जातजाति, रहनसहन, धार्मिक, सांस्कृतिक विविधता रहेको एवम् कौरा नाच, झ्याउरे नाच जस्ता विभिन्नसंस्कृतिले भरिपूर्ण रहेको छ । प्राकृतिक मनोरमका कारणसमेत यस गाउँपालिका पर्यटकिय दृष्टिकोणले पनि अत्यन्तै महत्वपूर्ण रहेको छ ।साविकको सत्रसय आबु गाउँ पञ्चायत, आँबुखैरेनी गा.वि.स. हुँदै नेपाल सरकारको मिति २०७२ साल आश्विन १ गतेको निर्णयबमोजिम आँबुखैरेनी नगरपालिका घोषणा भएकोमा राज्य पुर्नसंरचनाअन्तर्गत आँबुखैरनी नगरपालिका, छिम्केश्वरी र देउराली गा.वि.स. समायोजन भई नेपाल सरकारको मिति २०७३÷११÷२७ गतेको निर्णयानुसार आँबुखैरेनी गाउँपालिकाको रुपमा गठन भई कार्यान्वयनमा आएको छ । गाउँपालिकाको केन्द्र आँबुखैरेनी बजार मिलनचोकमा रहेको छ । पृथ्वी राजमार्गले आँबुखैरनी गाउँपालिकालाई उत्तर तर्फबाट छिचोलेको, र गोरखा राजमार्गले पूर्वपट्टीबाट काटेको छ । प्रदेश तथा केन्द्र राजधानीसँग नजिक रहेको यस गाउँपालिका विकास र सम्वृद्धिको लागि प्रचुर सम्भावना रहेको एवम् गाउँपालिका विकास र गाउँवासीको स्वर्णिम भविष्यको लागि विश्वस्त रहने प्रशस्त आधारहरु रहेको पाइन्छ । नेपालको गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित रहेको यस गाउँपालिकाको पूर्वमा चितवन र गोरखा जिल्ला पश्चिममा वन्दिपुर र देवघाट गाउँपालिका उत्तरमा बन्दिपुर गाउँपालिका र गोरखा जिल्ला र दक्षिणमा देवघाट गाउँपालिका र चितवन जिल्लाको बीचमा पर्दछ । गाउँपालिकाको स्थापना २०७३ साल फाल्गुन २७ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार भएको हो । 

Pages